Logo
Logo

मिर्गौला बेचबिखनमा संलग्न ५ जना पक्राउ


882
Shares

काठमाडौं । मिर्गौला बेचबिखनमा संलग्न रहेको अरोपमा ५ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेहरुले काठमाडौंका सडक बालबालिकालाई लोभ देखाई फकाएर भारत लगि मिर्गौला बेचबेखिन गरेको आरोप छ ।

प्रहरीले रामेछापका धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका धुपेन्द्र शाही र बिमलबहादुर शाही तथा झापाका आशिष तामाङलाई पक्राउ गरेका छन् ।

शरीरमा दुईवटा मिर्गौला हुने, एउटाले मात्र पनि काम गर्ने र एउटा बेच्दा केही नहुने भन्दै मिर्गौला निकालेका व्यक्तिको उदाहरण देखाएर उनीहरूले‍ मिर्गौला निकाल्नका लागि सडक बालबालिकालाई भारत लैजान लागेको बेला प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्