एजेन्सी । अफगानिस्तानले आफ्नो सात अर्ब अमेरिकी डलर सम्पत्तिमाथि लगाइएको प्रतिबन्ध अन्यायपूर्ण भएको बताउँदै अमेरिकालाई उक्त सम्पत्ति फुकुवा गर्न आह्वान गरेको छ ।
अफगानिस्तानको खोस्ट प्रान्तमा भएको एक भेलालाई सम्बोधन गर्दै हक्कानीले भने, “अफगानिस्तानबाट ‘पश्चिमी प्रभाव’ हटाइएमा स्वतस्फुर्तरूपमा मुलुकमा समावेशी सरकार गठन हुने टोलो न्यूजले हक्कानीलाई उद्धृत गरी लेखेको छ ।
हक्कानीले भने, “के तिनीहरूले विगत २० वर्षमा केही उपलब्धि हासिल गरे? अब, तिनीहरूले अफगानीहरूको सम्पत्ति रोक्का गरेका छन् र निश्चित संख्यामा मानिसहरूको बदला लिएका छन् ।”
हक्कानीले भने, “अफगानीहरूले २० वर्षसम्म अमेरिकाको विरुद्धमा लड्यौं ।” हक्कानीले समावेशी सरकार गठनका लागि लामो समय लाग्ने बताउँदै मुलुकले पहिचानको पर्खाइमा बस्नु नपर्ने र आवश्यक कदम चाल्नुपर्ने बताए ।
देशले अन्य कुनै पनि मुलुकका लागि खतरा उत्पन्न गर्ने छैन र तिनीहरूबाट पनि यस्तै सहभागिता मागेको हक्कानीले बताए । उनले थपे, “हामी पाकिस्तान, इरान, चीन वा अरू कसैको विरोध गर्छौं भन्दैनौं । हामी अफगानीहरूले हाम्रो परीक्षण गरेका छौं र हामी उनीहरूलाई आश्वासन दिन्छौं कि हाम्रो पक्षबाट कुनै खतरा हुनेछैन तर हामी त्यस्तै सहभागिता माग्छौं ।”
आन्तरिक मन्त्रीले राष्ट्रलाई एकताबद्ध रहन र एकअर्कालाई स्वीकार्न आग्रह पनि गरेका छन् ।