Logo
Logo

भारतीय प्रधानमन्त्रीसँग भेट नभएकोबारे अनभिज्ञ छु- प्रचण्ड


6.6k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुन नसक्नुको कारणबारे आफू अनभिज्ञ रहेको प्रतिकृया दिएका छन् ।

भारत भ्रमणका क्रममा आज दिउँसो भारतीय प्रधानमन्त्री मोदी र अध्यक्ष प्रचण्डबीच भेटवार्ता गर्ने तालिका तय भएको थियो । तर, अन्तिम अवस्थामा मोदीसँग भेट हुन नसकेको प्रचण्डले बताएका छन् ।

भारत भ्रमण सकेर स्वदेश फर्कने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने– ‘भारतीय प्रधानमन्त्रीसँग भेट्ने समय तय भएकै हो । त्यहाँका अधिकारीहरुसँग कुरा भएकै हो । समय तय भएकै हो । हामी भेट्न पुगेकै थियौं तर अन्तिम समयमा उहाँको समय मिलेन । तर, किन भेट हुन सकेन भन्ने कुरामा तपाईंहरु जस्तै म पनि अनभिज्ञ छु ।’

भारतमा बाढीका काणर ठूलो समस्या रहेका कारण पनि प्रधानमन्त्री व्यस्त भएकाले भेट हुन नसकेको हुनसक्ने प्रचण्डको अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्