Logo
Logo

रौतहटमा शिक्षालय प्रमुखमाथि आक्रमण, ३ पक्राउ


630
Shares

रौतहट । जिल्लाको मौलापुर नगरपालिकामा सञ्चालिन बहुप्राविधिक शिक्षालयका प्रमुख मुकेश यादवमाथि हातपात भएको छ ।

कुटपिट गरेको भन्दै प्रहरीले रोहित साह, बलिराम साह र विरोधी पटेल भनिने विनोदलाई पक्राउ गरेको छ । आइतबार केही विद्यार्थीले यादवमाथि आक्रमण गरेको इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख प्रहरी निरीक्षक नन्दकिशोर चौहानले जानकारी दिए ।

पक्राउ परेका विद्यार्थीमध्ये रोहितले शिक्षालयको बेथितिको बारेमा सामाजिक सञ्जाल फेसबुकमा ‘स्टाटस’ लेखेका थिए ।

शिक्षालयले उनीसँगै अनुशासनको कारबाही गर्दै तीन जनालाई निलम्बन गरेपछि विद्यार्थी आक्रोशित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्