Logo
Logo

भारतमा राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै


1.9k
Shares

काठमाडौं । भारतमा आज राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ। भारतका वर्तमान राष्ट्रपति रामनाथ कोभिन्दको कार्यकाल यही जुलाई २४ मा सकिने भएकाले नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो।

राष्ट्रपति पदका लागि सत्तारुढ भाजपाको तर्फबाट द्रौपदी मुर्मु र विपक्षीको तर्फबाट यशवन्त सिन्हा उम्मेदवार छन्।

आज बिहान १० बजदेखि साँझ ५ बजेसम्म संसद भवन र राज्य विधानसभामा मतदान हुने र २१ जुलाईमा मत गणना हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

निर्वाचित नयाँ राष्ट्रपतिको २५ जुलाईमा शपथ ग्रहण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्