Logo
Logo

एटिएम फोर्न खोज्ने पक्राउ


1.5k
Shares

कास्की । पोखरा–८ न्यूरोडस्थित एनआईसी एशिया बैंकको एटिएम फोर्न खोजेको अभियोगमा युवक पक्राउ परेका छन् ।

नगद चोरी गर्ने उद्धेश्यले एटिएम फुटाउन खोज्ने १९ वर्षीय नरेश पुन मगरलाई प्रहरीले पक्राउ गरेको हो । मेशिन फुटाउन प्रयत्न गरेको सिसिटिभी फुटेजमा देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले सिसिटिभी फुटेजकै आधारमा उनको पहिचान गरी पक्राउ गरेको जनाएको छ । उनी उपर चोरी उद्योग मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्