Logo
Logo

सुरु भयो गोसाइँकुण्ड यात्रा


882
Shares

फाइल फाेटाे ।

रसुवा । पवित्र तीर्थ गोसाइँकुण्ड जाने धार्मिक यात्रा सुरू भएको छ ।

समुन्द्र सतहदेखि ४ हजार ३ सय ८० मिटर उचाईमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा स्नान एवं पूजाआजा गर्नाले आफ्नो मनोकांक्षा पूरा हुने विश्वास रहेको छ ।

यहाँ गङ्गा दशहरा एवं जनैपूर्णिमा पर्वअन्तर्गत विशेष मेला लाग्छ । साथै साउनभर पवित्र तीर्थ स्नान गर्ने चलनसमेत छ । रोगब्याद पूर्णरूपमा हट्ने विश्वासका साथ तिर्थयात्री गोसाइँकुण्ड जान थालेको स्थानीय बताउँछन् ।

दैनिक सय जना नीलाद्रि पर्वतको धार्मिक मार्गमा ओहरदोहर गर्न थालेको चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाले बताए । धार्मिक मान्यताअनुरूप जिन्दगीमा एकपटक भए पनि पुग्नैपर्ने मान्यता छ ।

धुन्चेसम्म सडक र त्यसपछि देउराली, डिम्सा, चन्दनबारी, लौरिविनायक हुँदै गणेश ककरो भिर हुँदै पैदलमार्गबाट गोसाईकुन्ड पुग्न सकिन्छ । हाल ककरो भिरको पूरै भागमा नेपाली सेनाले फलामेवार लगाइदिएका कारण भिरमा लडिने डर नभएको पुरोहित टङ्कप्रसाद ढकालले बताए ।

यस वर्षको जनैपूर्णिमाको प्रमुख दिन साउन २७ गते परेको छ । साउन २३ गते पुत्रदा एकादशीदेखि गोसाइँकुण्डमा पाँच दिन ठूलो भीड लाग्ने र करिब १५ हजार भक्तजनले स्नान गर्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्