Logo
Logo

कांग्रेसद्वारा तीन समिति गठन, सदस्यता व्यवस्थापनको संयोजकमा गगन


1.3k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले अनुशासन समिति, लेखा समिति र सदस्यता व्यवस्थापन समिति गठन गरेको छ ।

सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कमिटि बैठकले निर्वाचन केन्द्रीय परिचालन प्रचार समितिको प्रतिवेदन अनुमोदन गर्दै महामन्त्री गगन थापा संयोजकत्वमा सदस्यता व्यवस्थापन कमिटी गठन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

त्यस्तै, केन्द्रीय अनुशासन समितिको संयोजकमा आनन्द ढुंगाना र लेखा समितिको संयोजकमा श्याम घिमिरे रहेका छन् । समितिहरूको पार्टी सभापति देउवाले पूर्णता दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्