Logo
Logo

काँग्रेसले दियो तीनवटा नयाँ भ्रातृ संगठनलाई मान्यता


1.9k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले तीनवटा नयाँ भ्रातृ संगठनलाई पार्टीको मान्यता दिएको छ ।

सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कमिटि बैठकले लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल थारु संघ र नेपाल खेलकुद संघलाई पार्टीको मान्यता दिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

बैठकले यसअघि पार्टीको भ्रातृ संगठनको मान्यता पाएका नेपाल राष्ट्रिय मगर संघ, नेपाल तामाङ संघ, नेपाल लोकतान्त्रिक शेर्पा संघ, कुमाल संघ, लोकतान्त्रिक नेवा खल, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ अवद्ध संघका रुपमा रहने निर्णय गरेको प्रवक्ता महतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्