Logo
Logo

यूरोपको झन्डै आधा क्षेत्र खडेरीको ‘जोखिममा’


1.4k
Shares

एजेन्सी । दक्षिण पश्चिम यूरोपमा उग्र गर्मीको लहरसँगै हाल यूरोपेली संघ (ईयू) को झण्डै आधा भू-भाग खडेरीको जोखिममा परेको यूरोपेली आयोगका अनुसन्धानकर्ताहरूले सोमबार चेतावनी दिएका छन् ।

यूरोपेली आयोगको संयुक्त अनुसन्धान केन्द्रले हालै सार्बजनिक गरेको प्रतिवेदनमा ईयूको ४६ प्रतिशत भू-भागमा खडेरीको उच्च जोखिम रहेको बताइएको हो । ईयूको ११ प्रतिशत भू-भागमा खडेरीका कारण विशेष सतर्कता अपनाउनु पर्ने अवस्था रहेको छ भने यहाँका खेतीयोग्य जमिनमा पानीको अभावले लगाइएको बाली प्रभावित बनिसकेको छ ।

खडेरीको सबैभन्दा बढी प्रभाब इटाली र यहाँको पनि सबैभन्दा बढी प्रभावित उत्तरमा रहेको ‘पो रिभर बेसिन’ले खडेरीको उच्चतम स्तर सामना गरिरहेको रिपोर्टमा उल्लेख छ ।

स्पेनमा हाल १० वर्षको औसतभन्दा पानीको जलाशयको मात्रा कम भएको र जलाशयको मात्रा अन्य बर्षको यो समयको तुलनामा ३१ प्रतिशतले घटेको उक्त रिपोर्टमा उल्लेख छ । त्यस्तै, पोर्चुगलमा जलविद्युत ऊर्जा उत्पादन गर्ने पानी गत सात वर्षको औसतभन्दा आधा कम छ ।

यूरोपेली मौसमविज्ञहरूले पानीको अभाव र तीव्र तापले गर्दा फ्रान्स, रोमानिया, स्पेन, पोर्चुगल र इटालीमा बालीको उत्पादन कम हुने चेतावनी दिए ।

ईयूको मौसम पूर्वानुमान शाखाले पनि यस पहिले नै खडेरीको पूर्वानुमान गरेको छ । शाखाले ‘अत्यन्तै गम्भीर स्थिति’ को सामना गर्नुपर्ने र कृषि, ऊर्जा र पानीको आपूर्तिमा पर्ने प्रभावलाई झनै चर्काउने जनाएको थियो ।

कांग्रेसद्वारा तीन समिति गठन, सदस्यता व्यवस्थापनको संयोजकमा गगन

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले अनुशासन समिति र लेखा समिति, सदस्यता व्यवस्थापन समिति गठन गरेको छ ।

सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कमिटि बैठकले निर्वाचन केन्द्रीय परिचालन प्रचार समितिको प्रतिवेदन अनुमोदन गर्दै महामन्त्री गगन थापा संयोजकत्वमा सदस्यता व्यवस्थापन कमिटी गठन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

त्यस्तै, केन्द्रीय अनुशासन समितिको संयोजकमा आनन्द ढुंगाना र लेखा समितिको संयोजकमा श्याम घिमिरे रहेका छन् । समितिहरूको पार्टी सभापति देउवाले पूर्णता दिनेछन् ।

संघ र प्रदेशको निर्वाचनमा गठवन्धन गरेर जाने कांग्रेसको निर्णय

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको केन्द्रीय समितिको बैठकले गठबन्धनका दलहरुसँग सम्वाद गरेर चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको प्रकाशशरण महतले जानकारी दिए ।

पार्टीलाई आसन्न प्रदेश र प्रतिनिधिसभामा प्रष्ट बहुमततर्फ लक्षित गराउने भन्दै कांग्रेसले सो निर्णय गरेको प्रवक्ता महतले जानकारी दिए । ‘संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरणका गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्नका लागि केन्द्रीय समितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरुसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्