Logo
Logo

आइजिपीलाई चुनौती दिदै घुमुवा


127.5k
Shares

काठमाडौं । उदेश्यभन्दा विपरितका गतिविधिमा खटिएको थाहा पाएपछि सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले देशभरीका घुमुवालाई हटाए । दरबन्दीमा नियमित डिउटीमा नखटाए इन्चार्जलाई नै कारबाहीको चेतावनी समेत दिए । तर, आइजिपीलाई गुमराहमा राखेर तराईका कतिपय जिल्लामा एसपीहरूलाई घुमुवा खटाइरहेका छन् । खासगरी मधेस प्रदेशमा यस्तो विकत्ति व्यापक छ ।

सिरहा, सप्तरी, बारा, पर्सा लगायतका जिल्लामा सशस्त्र प्रहरीका घुमुवाकै मिलेमतोमा तस्करी बढीरहेको छ । सप्तरी जिल्लामा एसपी प्रदिप खड्काले १० जना बढी घुमुवा परिचालन गरेका छन् । सहायक हवल्दारहरू सन्तोष प्रणामी, अशोक पेक्रा, अजय शाह छन् । जवानहरू अर्जुन यादव, सजीव मण्डल, प्रवीन्द्र खेरबार, मनोज चौधरी, कमलेश यादवलगायतलाई विभिन्न नाकामा खटाएका छन् ।

सिरहाको अवस्था पनि त्यस्तै छ । एसपी रमेशकुमार थापाको प्रत्यक्ष संलग्नतामा विभिन्न नाकाबाट तस्करी मौलाएको छ । सिरहाका ठाडी, माडर लगायतका ठाउँबाट तस्करी बढेको हो । महोत्तरी जिल्लाको सम्सी नाकामा पनि सशस्त्र प्रहरीकै घुमुवाको सेटिङ चलेको छ । बारा, पर्सा, सर्लाहीलगायतका जिल्लामा पनि विभिन्न बहानामा गणपतिहरुले घुुमवा परिचालन गरिरहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्