Logo
Logo

तिलोत्तमा नगरपालिकाको विवाद सहमतिमा टुंगिएसंगै नगरसभा सुरु


1.1k
Shares

बुटवल । तिलोत्तमा नगरपालिकाको १२औं नगरसभाको पाँचौं बैठक सुरु भएको छ। मेयर रामकृष्ण खाँण र उपमेयर जगेश्वरी चौधरीबीच छलफलपछि नगरसभा अगाडि बढाउने सहमति भएको थियो।

नगरपालिका स्रोतका अनुसार विवाद सिर्जना गराएकोले प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई हटाउने, जनप्रतिनिधिलाई पोखरीमा धकेल्ने, प्रहरी अधिकृतलाई कारबाही गर्न प्रक्रिया अगाडि बढाउने सहमति भएपछि बैठक सुरु भएको हो।

नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र एमालेबाट निर्वाचित जनप्रतिनिधिका बीच भएको असमझदारी हटाउने, न्यायिक समितिमा नेपाली कांग्रेसको तर्फबाट एक जना प्रतिनिधि राख्ने र नगरसभाको कार्यसूचीमा विषयगत समितिहरू गठन गर्ने विषय समावेश गर्ने सहमति भएको नगरपालिका निकट स्रोतले बताएको छ।

तिलोत्तमा नगरपालिकामा निर्वाचित प्रतिनिधिबीचमा असमझदारी बढ्दै जाँदा तनावपूर्ण स्थिति बनेको थियो। उपमेयर चौधरी लगायत एमालेबाट निर्वाचित प्रतिनिधिहरूले विषयगत समितिको चयन र बजेट नगरसभामा एकै साथ लैजानुपर्ने अडानमा थिइन् भने मेयर खाँण लगायत नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिहरू न्यायिक समितिमा कांग्रेसको प्रतिनिधित्व सुनिश्चित नभएसम्म बजेट मात्रै पास गर्ने अडानमा थिए।

प्रतिक्रिया दिनुहोस्