Logo
Logo

निगममाथि मन्त्रालयको ब्रेक


11.2k
Shares

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले असार २३ गते नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीमाथिको निलम्वन फुकुवा गरेको छ । मन्त्रिपरिषद्को असार ६ गतेको बैठकले गरेको निलम्वन फुकुवा गरेपछि अधिकारी ‘असनको साढे’ जस्तै भएका छन् । उनीमाथि छानविन जारी रहेकै अवस्थामा उनले निगम कर्मचारीहरुको विदेश सरुवा र आन्तरिक बढुवाको काम थालेपछि त्यसमा मन्त्रालयले ‘ब्रेक’ लगाएको छ ।

निगम स्रोतका अनुसार आन्तरिक बढुवाका लागि मापदण्ड तयार गर्नुपर्छ । हरेक असार महिनाभित्र त्यस मापदण्डबमोजिम बढुवा गर्नुपर्छ । तर, अधिकारीले अशोक सिग्देल, सुवास डाँगीलगायतका कर्मचारीहरुसँग भित्री साँठगाँठ गरेर मापदण्डविपरीत आन्तरिक बढुवा गर्न थालेको सूचना मन्त्रालय पुगेपछि मन्त्रालयले त्यसमा ‘ब्रेक’ लगाएको हो ।

सर्वोच्चले निलम्वन फुकुवा गरेपछि अधिकारीले महत्वपूर्ण फाइल बेपत्ता पार्न सक्ने सम्भावना पनि छ । सर्वोच्च अदालतले साउन १५ गते अधिकारी र दिपु ज्वारचनलाई बोलाएको हो ।

प्रतिक्रिया दिनुहोस्