Logo
Logo

सत्ता गठबन्धन यताउति हुँदैन : प्रचण्ड


1.3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा सत्ता गठबन्धन कायमै रहने बताएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धन कायमै रहेने बताएका हुन् ।

आगामी निर्वाचनमा सत्ता गठबन्धनलाई कायमै राखेर जाने कांग्रेसको निर्णय सकारात्म भएको उनले बताए । उनले भने,
‘कांग्रेसले सही निर्णय गरेको छ, त्यो एकदमै सही हो । हाम्रो पनि गठबन्धन जोगाएरै जाने भन्ने छ। यो गठबन्धन यताउति हुँदैन ।’

सोमबारको सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले पाँच वर्ष आफ्नो नेतृत्वमा स्थिर सरकार बनाउने शर्त सहित वर्तमान गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्