Logo
Logo

एकीकृत समाजवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै


630
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्नो दलबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदैछ।

काठमाडौंको नयाँ बानेश्वरस्थित एक बैंक्वेटमा बुधबार र बिहीबार हुने प्रशिक्षणमा पार्टीले स्थानीय तहका प्रमुख्,उपप्रमुख, वडाअध्यक्ष र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख लगायत प्रशिक्षण दिने भएको हो ।

शीर्ष नेतृत्वबाट स्थानीय तहका अधिकार,स्वायत्त शासन, वर्तमान राजनीति अवस्था, पार्टीको नीति तथा कार्यक्रम आगामी निर्वाचनका बारेमा प्रशिक्षण दिने उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए।

पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाध खनाल लगायत अन्य केन्द्रीय सदस्यले प्रशिक्षण दिने छन् ।

प्रतिक्रिया दिनुहोस्