Logo
Logo

पालिकाको पहलमा सर्पदंश उपचार सेवा


693
Shares

महोत्तरी । प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा लामो समयदेखि बन्द रहेको सर्पदंश उपचार सेवा पुनः सुरु भएको छ ।

गौशाला नगरपालिकाले दक्ष चिकित्सक राखेपछि सेवा सञ्चालन भएको हो । उपचार केन्द्रमा अक्सिजन, ईमेर्जेन्सी प्यासेन्ट मोनिटर, एन्टीस्नेकभेनम, इन्टुवेशन सेवाको तत्कालै व्यवस्थापन गरेर उपचार सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

चुनावमा स्वास्थ्य विषयलाई प्राथमिकता दिने वाचा गरेअनुसार नै नगरवासीलाई प्रत्यक्ष रुपमा फाइदा हुने किसिमको स्वास्थ्य सुधारको कार्यक्रम ल्याउने प्रयासमा रहेको मेयर डा. दिपेन्द्र महतोले बताए ।

प्रतिक्रिया दिनुहोस्