Logo
Logo

गठबन्धनको कुनै भरोसा छैन : अध्यक्ष नेपाल


2.5k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्थानीय निर्वाचनमा गठबन्धनको भर पर्दा पार्टी कमजोर भएको बताएका छन् ।

फाइल फोटो

बुधबार काठमाडौंमा आयोजित पार्टीका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको कुनै भरोसा नभएको बताए ।

अध्यक्ष नेपालले भने, ‘गठबन्धनको धेरै भरोसा छैन । गठबन्धनको भर परेपछि अरुको सहारामा बाँच्नुपर्दोरहेछ ।’ उनले अरुको भरमा बाँच्ने मान्छेले केही गर्न नसक्ने पनि बताए । ‘आफ्नै शक्तिमा भरोसा गर्ने, आफ्नै तागतमा जित्छु भन्ने भरोसा भएकाहरुले पार्टीको पनि विश्वास जित्न सक्दा रहेछन्’ उनको भनाइ छ ।

अध्यक्ष नेपालले आफ्नै तयारी गरेको भए स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादीले थप जित्न सक्ने दावी गरे । उनले भने, ‘कतिपयले धोका दिए, सहमति कायम भएन । पार्टीभित्रै अन्तर्घात पनि भयो । कतिपयको ध्यान हाम्रो साइज घटाउने कुरामा गयो ।’ उनले आफ्नै खुट्टामा उभिन सकेको भए पार्टी थप बलियो हुने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्