Logo
Logo

चार दिनमै अवकाश पाए गुप्तचरका एआइजीले


17.3k
Shares


काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागा एआइजी कुलदेव थापाले चार दिनमै अवकाश पाएका छन् । गत ३१ असारमा बढुवा भएका उनले मंगलार अनिवार्य अवकाश पाएका हुन् । अवकाशअघि बिशिष्ट श्रेणी पदमा सुविधा दिलाउन मात्र उनलाई बढुवा गरिएको हो ।


विभागमा बैशाख ११ देखि नै एकमात्र एआइजी पद रिक्त छ । प्रतिस्पर्धीबीचको टक्करका कारण सरकारले निर्णय गर्न नसकेर विभागलाई कमजोर बनाएको छ । विभागको एआइजी पदको बढुवामा हुतराज थापा, ओम जोशी, सुमन बैद्य लगायतबीच प्रतिस्पर्धा छ । जो एआइजी हुन्छ आगामी भदौपछि उनी प्रमुख हुने भएकाले यस्तो अस्वस्थ प्रतिस्धर्पा भएको हो । प्रधानमन्त्रीको प्रत्यक्ष मातहतमा रहेको विभागदलाई राजनीतिकरण गरी दिनप्रतिदिन कमजोर बनाइएको छ । विभागलाई कमजोर बनाउनु भएको देशको राष्ट्रि सुरक्षा हुनु भएको सुरक्षाविद्हरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्