Logo
Logo

ओलीको प्रश्न- दक्षिणपन्थी सरकार गठन गरिपाउँ भन्नेलाई कसरी वामपन्थी भन्ने ?


441
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाहेक अरु कोही बामपन्थी नभएको जिकिर गरेका छन् । उनले कोही बापन्थी भए गठबन्धन छाडेर एमालेमा आउन समेत आग्रह गरेका छन् ।

फाइल फोटो

‘वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार गठन गरिपाउँ भनेर अदालतमा निवेदन हाल्नेहरुलाई कसरी वामपन्थी भन्ने ?, ओलीले भने– बुधबार पार्टीको प्रशिक्षण कार्यक्रममा भने, ‘वामपन्थीको चरित्र यस्तै हो भने हामी त वामपन्थी भएनौं ।’

उनले वास्तविक वामपन्थी पार्टीसँग आफ्नो पार्टीले सहकार्य गर्नसक्ने बताउँदै ओलीले भने– ‘यदि कोही साँच्चै वामपन्थी छौं भने गठबन्धन परित्याग गरेर आउ ।’

उनले वामपन्थी भनिने पार्टीहरु कांग्रेसको खुट्टा समातेर रुने गरेको टिप्पणी गरे । ओलीले भने, ‘कांग्रेसले कहिलेकाहीं ठ्याम्म गालामा झिल्का देख्नेगरी हान्छ अनि ट्याप्प पिँडुलामा समातेर रुन थाल्छन् । ठूलो छु भन्दैमा हामीलाई नहेप, यसरी हेप्ने हो ? हेपाइ अति भो भन्दै गिड्गिडाउँछन् । गठबन्धन कुनै हालतमा टुट्नुहुँदैन भन्छन् ।’

प्रतिक्रिया दिनुहोस्