Logo
Logo

प्रेस यूनियनमा देउवा इतरको साझा उम्मेदवार शिव लम्साल


11k
Shares

काठमाडौं । शुक्रबारदेखि हेटौंडामा शुरु हुने नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस यूनियनको ९औँ महाधिवेशनमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा इतरको साझा उम्मेदवारका रुपमा यूनियनका सल्लाहकार शिव लम्सालको नाम तय भएको छ ।

देउवा समूहबाट अनिता बिन्दुको नाम अघि सारेको भोलिपल्ट इतर समूहबाट लम्सालको नाम तय भएको हो । श्रमजीवी पत्रकारका मुद्धालाई सरकारी संचारमाध्यममा काम गरेका पत्रकारले कसरी सम्बोधन गर्न सक्छन् भनेर कांग्रेसी पत्रकार माझ चर्चा शुरु भएको छ ।

लम्सालको टिमबाट वरिष्ठ उपाध्यक्षमा प्रेम केसी, खुला उपाध्यक्षमा राममणि दाहाल, महिला उपाध्यक्षमा सलोजा दाहाल, समावेशी उपाध्यक्षमा दीपेन्द्र बान्तवाको नाम टुंगो लगाइएको छ ।

लम्साल समूहबाट महासचिवका प्रत्यासी रहेका सक्रिय श्रमजीवी पत्रकारहरु खिला कार्की, नकुल अर्याल, दिलिप पौडेल र रमेश वाग्ले चारै जनालाई टिममा समाबेश गर्ने सहमति भएको छ । उनीहरुलाई खुला उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्षमा प्रस्तुत गरिने भएको छ ।

यसैगरी, प्रदेश नं १ बाट उपाध्यक्षमा लवदेब ढुंगाना, मधेश प्रदेशमा अनिल कर्ण, बागमतीमा मुरारी अधिकारी, गण्डकीमा ऋषिकान्त पौडेल, लुम्बिनीमा जनार्दन घिमिरे, कर्णालीमा राजेन्द्र कार्की र सुदूरपश्चिममा जगत साउदको नाम टुंगो लगाइएको छ ।

त्यस्तै उपत्यका उपाध्यक्षको लागि निरज खतिवाडाको नाम टुंगो लागेको छ । अन्य पदाधिकारी र सदस्यहरुको नाम टुंगो लगाउन बाँकी छ ।

यसैबीच देउवा समूहले महासचिवमा जगन्नाथ दुलालको नाम अघि सारेपछि सुदूरपश्चिम प्रदेशका देउवा निकट पत्रकारहरुले वहिष्कार गर्ने चेतावनी दिएका छन् । सो समूहबाट वरिष्ठ उपाध्यक्षमा सरोज अधिकारीको नाम अघि सारिएको छ ।

वर्तमान अध्यक्ष बद्री सिग्देललाई कार्यकाल लम्ब्याउनका लागि उक्साउने अधिकारीको नाम सोही समूहका पत्रकारहरु स्वीकार्न तयार छैनन् । काठमाडौंको नयाँबजारमा दोहोरी साँझ चलाएर बसेका अधिकारीसँग समिरजंग शाह र बद्री सिग्देलको उठबस शुरु भएपछि पत्रकारितामा आएका हुन् ।

भैैंसीपालनका नाममा कृषि मन्त्रालयबाट ल्याएको अनुदानको करोडौं रुपैयाँ झ्वाम पारेका अधिकारी अहिले त्यहि पैसाको आडमा पत्रकारहरुलाई किन्न सकिन्छ भनेर दिनहुँ साँझको भोज गर्दै आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्