Logo
Logo

गठबन्धन कायम रहेपनि एमालेलाई चुनाव जित्न सहज : महासचिव


504
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ५ दलको गठबन्धन कायम रहेपनि आगामी निर्वाचनमा एमाले प्रतिस्पर्धा गर्न सक्ने बताएका छन् ।

बुधबार अनलाइनका सम्पदाकहरुसँगको अन्तरक्रियामा महासचिव पोखरेलले गठवन्धन कायम भएपनि विजय हाँसिल गर्न सक्षम भएको दावी गरे । उनले भने, ‘आउने निर्वाचनका सन्दर्भमा पाँच दलीय गठबन्धन कायम राखियो भने पनि नेकपा एमाले विजय हासिल गर्न सक्षम छ भन्ने कुरा म तपाईहरुका बीचमा राख्न चाहान्छु ।’

महासचिव पोखरेलले स्थानीय निर्वाचन र आउने निर्वाचनमा केही भिन्नता हुने भन्दै स्थानीय निर्वाचनमा संस्थापनको विपक्षमा रुझान देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्