Logo
Logo

वीपी प्रतिष्ठानको पदाधिकारी नियुक्तिमा चलखेल


2.5k
Shares

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्तिमा चलखेल सुरु भएको छ । रिक्त रहेको रजिष्टार, अस्पताल निर्देशक र रिक्त हुन लागेको शिक्षाध्यक्ष पदमा अफ्ना मान्छेलाई नियुक्ति गर्न दौडधुम सुरु भएको छ ।

अस्पताल निर्देशक र रजिष्टार नियुतिm गर्न भन्दै प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी काठमाडौं गएको दुई साता भइसक्यो ।

पुर्व स्वास्थ्यमन्त्री विरोध खतिवडाले विभिन्न आरोप लागेका वर्तमान उपकुलपति डा गिरीलाई निलम्वन गरेर मात्र अर्को उपकुलपति मार्फत रजिष्टार, अस्पताल निर्देशकको नियुतिm गर्ने अडान लिएका थिए । तर मन्त्री हेरफेर भएसँगै नयाँ नियक्तिका धैडाधुप सुरु भएको हो ।

डा गिरीले प्रतिष्ठानको आर्थिक अनियमितता गरेको आरोपमा अख्तियारमा एक दर्जन उजुरी परेको छ । मादक पदार्थ खाएर वार्ताका बसेको, पास नगरी आफ्नो नामको अगाडि प्राध्यापक भनि लेख्ने गरेको डा गिरीमाथि आरोप लागेको छ ।

विरोध खतिवडाको ठाउँमा भवानी प्रसाद खापुङ मन्त्री भएपछि रजिष्टारमा डा. सुर्य संग्रौलालाई नियुतिm गर्न प्रधानमन्त्री कार्यालयबाटै दबाब आएको स्रोत बताउँछ । डा सुर्य संग्रौला नेपाली काग्रैसकी सांसद डा डिला संग्रौलाका श्रीमान हुन् ।

डा संग्रौला पुर्वान्चल विश्वविद्यालयका पूर्वपरीक्षा नियन्त्रक हुन । त्यसबेला व्यापक आर्थिक अनियमितता गरेको भन्दै कर्मचारी र विद्यार्थीले उनको कार्य कक्षमा तालावन्दी गरेका थिए ।

डिलालाई विराटनगर महानगरको प्रमुखमा देउवाले उठाउने कोसिस गरेका थिए । तर डा शेखर कोइरालाको प्रभाव क्षेत्र पर्ने भएकाले उनले टिकट पाएनन् ।

आगामि संसदीय निर्वाचनमा पनि टिकट नपाउने संकेत पाएपछि डिलाले श्रीमानलाई वीपीको रजिष्टार वनाएर शेखरलाई काउन्टर दिन्छु भन्दै प्रधानमन्त्रीलाई दिने गरेको स्रोतको दाबी छ ।

स्वास्थ्य मन्त्रीलाई चुनौति

यसअधि पनि स्वास्थ्य राज्यमन्त्री भएका मन्त्री खापुड उपकुलपति गिरीलाई निलम्वन नगरी अन्य नियुतिm प्रकुया अघि बढाउँदा अवैध हुन्छ भन्ने जानकार नै छन् ।

स्वास्थ्य मन्त्रीको सयोजकत्वमा गठन भएको तीन सदस्सीय समितिले डा गिरीलाई तत्काल सवै काम गर्न रोक लगाएको थियो । उनको ठाउँमा मन्त्रालयकै डा. श्याम सुन्दर यादवलाई प्रतिष्ठानमा पठाएको थियो ।

डा. गिरीले त्यसविरुद्ध अदालतमा मुद्दा हालेपछि पछि अदालत उनलाई काम गर्न दिनु भनि अन्तरीम आदेश दिएको थियो । अदालतलाई समेत प्रभावमा पारेर कुर्सी जोगाउदै आएका डा गिरीकै सिफारीसमा अन्य पदाधिकारीहरु नियुतिm गर्दा अघिल्लो मन्त्रीले लिएका सबै अडानहरु धुलीसात हुने जानकारहरु बताउँछन् ।

प्रतिष्ठानभित्र आर्थिक, नैतिक भ्रष्टाचार भएको भन्दै नागरीक समाज, प्रतिष्ठानकै कर्मचारी र विद्यार्थी चिकित्सकहरुले तीन महिनासम्म आन्दोलन गरेका थिए । २०७८ असार १५ गते वार्ताको लागि बेलाइएको थियो । तर उपकुलपती गिरीले मादक पदार्थ खाएर आएपछि वार्ता हुन सकेन ।
आन्दोलनकारीले मापासे गर्ने उपकुलपतिलाई मापासे गरेकै आरोपमा कार्वाहि गनेुपर्ने माग राखेपछि प्रधानमन्त्री कार्यालयले वैकुण्ड अर्यालको संयोजकत्वमा गठित छानविन समितिलाई प्रतिष्ठान पठाएको थियो ।

सो समितिले मापासे गरेको मितिको सीसी क्यामेरा फुटेज उपलव्ध गराउन प्रतिष्ठानलाई पत्र लेखेको थियो । तर डा गिरीले कर्मचारीमार्फत फुटेज मेटिएको भनि जवाफ पठाएको थियो ।

यस विषयलाई स्वास्थ्य मन्त्रीले गम्भीरतापुर्वक लिनु पर्नेमा उल्टै केही नेताहरु पदाधिकारी नियुतिm चाडै हुनु पर्नेमा जोड दिँदै आ आफनो मा्न्छेको लिष्ट वोकेर मन्त्री दबाब दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्