Logo
Logo

डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पचास पुग्यो


2.8k
Shares

एजेन्सी । पाकिस्तानमा सोमबार विवाहमा गएका मानिसहरू बोकेको डुङ्गा दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बुधबार ५० पुगेको अधिकारीहरूले बताएका छन् ।

करिब १०० मानिस बोकेको डुङ्गा मध्य पञ्जाब प्रान्तको सादिकबादस्थित सिन्धु नदीमा डुबेको थियो । अधिकारीहरूले डुङ्गा दुर्घटनामा परी वेपत्ता अन्य व्यक्तिहरूको खोजी भइरहेको बताएका छन् ।

अधिकारीहरूले भने, ‘अहिलेसम्म प्रायजसो महिला तथा केटाकेटीहरूगरी २६ वटा जना मृत फेला परेका छन् र सोही सङ्ख्यामा मानिसहरू वेपत्ता छन् ।’

जिल्ला प्रशासन कार्यालयका प्रवक्ता कशिफ निसार गिलले एएफपीसँग भने, ‘डुङ्गा दुर्घटना भएको ४८ घण्टाभन्दा बढी भइसक्यो । त्यसैले पानीमा कोही जीवित फेला पर्ने सम्भावना क्षीण छ । यद्यपि उनीहरूको खोजी जारी रहेको छ ।’

दुर्घटनामा परेका झण्डै आधा यात्रु नदीमा पौडी खेलेर जीवन बचाउन सफल भएका पनि बताइएको छ । जीवितहरूमध्ये धेरै पुरुषहरू पौडी खेलेर नदीको किनारमा निस्केका गिलले बताए ।

प्रतिक्रिया दिनुहोस्