Logo
Logo

बेलायतको प्रधानमन्त्रीका लागि ऋषि र लिजबीच प्रतिस्पर्धा


2.6k
Shares

लण्डन । कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका लागि ऋषि सुनक र लिज ट्रसबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ ।

प्रधानमन्त्री बोरिस जोनसनले पदत्याग गर्ने घोषणा गरेकाले उहाँको स्थान लिन सत्तारुढ कञ्जरभेटिभ दलभित्र सांसदहरुबीच उम्मेदवार चयनका लागि भएको मतदानबाट सुनक र लिज उम्मेदवार चयन भएका हुन् ।

संसदीय दलमा भएको पाँचौं तथा अन्तिम मतदानमा सुनक १३७ मतसहित अग्रस्थानमा आए भने ट्रस ११३ मतसहित दोस्रो भएकी छन् ।

संसदीय मतदानको क्रम पूरा भएकाले अब कञ्चरभेटिब दलका १ लाख ६० हजार सदस्यहरुले प्रत्यक्ष मतदानबाट दलको नेता चयन गर्ने छन् । भारतीय मूलका ऋषि सुनकले आर्थिक पुनरुत्थान र युरोपेली युनियनसंग बाँकी रहेका समस्या समधानलाई मुख्य मुद्दा बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्