वाशिङ्टन। अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरस संक्रमण भएको छ । उनी कोरोनाको संक्रमीत भएको ह्वाइट हाउसका प्रवक्ताले पुष्टि गरेका छन् ।
थकाइ महसुस, हल्का खोकी र रुघा लागेपछि परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको बिबिसीले जनाएको छ ।
ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडेन कोरोनाबाट सङ्क्रमित भएकाले आइसोलेसनमा बसेर काम गर्दै आएका छन् । साथै उनले एन्टीभाइरल औषधि पनि लिइरहेका छन् ।
७९ वर्षीय राष्ट्रपति बाइडेनमा कोरोना भाइरस संक्रमणको सामान्य लक्षण देखिएको छ । उनले टेलिफोन र भर्चुअल माध्यमबाट बैठकमा भाग लिँदै आएका छन् ।
उनले कोरोनाविरुद्धको खोपको पूरा मात्र लिएका थिए । साथै उनले दुई बुस्टर डोजसमेत लिएका थिए ।