Logo
Logo

राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षकमा कुमार


1.7k
Shares

काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमको प्रमुख प्रशिक्षकमा कुमार थापा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले थापालाई प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो ।

एन्फाका अनुसार नवनियुक्त प्रमुख प्रशिक्षक थापाले २१ भदौदेखि नेपालमा आयोजना हुन लागेको छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप लागि टोलीलाई प्रशिक्षण दिने छन् ।

एन्फाले पूर्व महिला विभाग प्रमुख विन्द्रा देवानलाई म्यानेजरको रुपमा नियुक्त गरेको छ । एन्फाले साफ च्याम्पियनसिप आयोजनाका लागि समिति पनि गठन गरेको छ । जस अनुसार प्रतियोगिताको भेन्यु म्यानेजरको रुपमा रविन्द्र चन्द, व्यवस्थापकमा विजय घले तथा सुरक्षा प्रमुखमा दिनेश व्यञ्जनकार नियुक्त भएका छन् । सञ्जिव शिल्पकार मार्केटिङ तथा मिडिया संयोजक बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्