Logo
Logo

सरकारको आर्थिक वृद्धि लक्ष्य हासिल चुनौतीपूर्ण : गभर्नर


756
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारले चालू आवको लागि तोकेको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न कठिन रहेको बताएको छ ।

आर्थिक वर्ष ०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले चालू आवमा आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न चुनौती हुने बताएका हुन् ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले नयाँ बजेटमार्फत चालू आवमा ८.५ प्रतिशत आर्थिक वृद्धिदर लक्ष्य तोकेका थिए । तर यो लक्ष्य हासिल गर्न निकै कठिन रहेको गभर्नर अधिकारीले बताएका छन् ।

चालू वर्षमा कृषि क्षेत्रमा भएको रासायनिक मलको अभावले भने आर्थिक वृद्धिको लक्ष्यमा चुनौती खडा गर्ने अनुमान गरिएको उनको भनाइ छ । बाह्य क्षेत्र अमेरिकी डलरको मूल्य वृद्धि, व्यापार घाटा लगायतले पनि आर्थिक वृद्धिको लक्ष्यमा चुनौती खडा गर्ने उनले बताए ।

यसका साथै, रुस–युक्रेन युद्धका कारण विश्वव्यापी रूपमा बढेको मूल्यवृद्धि समेत आर्थिक वृद्धिको लक्ष्यमा चुनौती बनेर आउन सक्ने राष्ट्र बैंकको आँकलन छ ।

प्रतिक्रिया दिनुहोस्