Logo
Logo

हराएको ४८ दिनपछि गाडेको अवस्थामा शव फेला


693
Shares

काठमाडौँ । सर्लाहीको पर्सा गाउँपालिका-१ शीतलपुरमा एक महिलाको हराएको ४८ दिपछि शव फेला परेको छ । उनको हत्या गरी गाडिएको अवस्थामा शव फेला परेको हो ।

शीतलपुर निवासी बालदत्त भन्ने रमजेशकुमार रायको २० वर्षीय श्रीमती निशा यादवको हत्या गरी धान खेतमा गाडेको अवस्थामा शव फेला परेको हो ।

महिला हराएको निवेदन जिल्ला प्रहरी कार्यालय सर्लाहीमा माइती र ससुराली पक्षले दिएपछि खोजीमा जुटेको प्रहरीले ४८ दिनपछि धान खेतमा शव गाडिएको अवस्थामा फेला पारेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

हत्यामा संलग्न मृतक निशा यादवका श्रीमान् रमजेशकुमार राय, ससुरा रामप्रताप राय र देवर राजु यादवलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए ।

निशाका घरका सदस्यहरूमाथि प्रहरीको शङ्का लागेपछि प्रविधियुक्त विश्लेषण गर्ने क्रममा हत्यामा संलग्नहरूको पहिचान भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्