Logo
Logo

विवेकशील साझाका नेता गेहेन्द्रप्रसाद दाहाल एमाले प्रवेश


1.4k
Shares

सुर्खेत । विवेकशील साझा पार्टीका कर्णाली प्रदेश पूर्वसंयोजक नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले प्रदेश कमिटीले वीरेन्द्रनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पूर्वसंयोजक गेहेन्द्रप्रसाद दाहाललाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका हुन् ।

देशमा लोकतान्त्रिक गणतन्त्र आइसकेपछि प्राप्त उपलब्धिको रक्षा गर्न विवेकशील साझा पार्टीले नसक्ने देखिएपछि एमालेमा प्रवेश गरेको दाहालले बताएका छन् ।

एमालेमा प्रवेश गर्दै दाहालले स्थायित्व, लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाको काम एमाले बाहेकको अन्य शक्तिले गर्न नसक्ने दावी समेत गरे । एमालेमा प्रवेश गरे लगतै सभालाई सम्बोधन गर्दै दाहालले नेपालमा जनताको बहुदलीय जनवाद विचारबाट नै सुखी नेपाली र समृद्ध नेपालको नारा साकार हुने तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्