Logo
Logo

बहुविवाह मुद्दाका फरार अम्बर पक्राउ


1.3k
Shares

झापा । बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीका अनुसार झापाका अर्जुनधारा नगरपालिका-९ ठेगाना भएका ३४ वर्षीय अम्बर बहादुर पौडेल बिहीबार पक्राउ परेका हुन् ।

प्रतिकात्मक तस्वीर

जिल्ला अदालत झापाको २०७६ माघ १९ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष ६ महिना ६ दिन कैद र १५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत झापामा उपस्थित गराइएकोमा अदालतको आदेशअनुसार कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्