Logo
Logo

गठबन्धनबारे छलफल गर्न जनता प्रगतिशील पार्टीले बनायो वार्ता समिति


3.6k
Shares

काठमाडौं । जनता प्रगतिशील पार्टीको शनिबार बसेको केन्द्रीय पदाधिकारीको विस्तारित बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन र तालमेलका लागि छलफल गर्न वार्ता समिति गठन गरेको छ ।

बैठकले वरिष्ठ उपाध्यक्ष शिवजी यादवको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको अध्यक्ष हृदयेश त्रिपाठीले जानकारी दिए । समितिले आगामी निर्वाचनमा चुनावी गठबन्धन र तालमेलका विषयमा अरु राजनीतिक दलसँग वार्ता गर्नेछ ।

त्यस्तै, जनता प्रगतिशील पार्टीले प्रतिनिधिसभाबाट शुक्रबार नागरिकता विधेयक पारित भएकामा खुशी व्यक्त गरेको त्रिपाठीले जानकारी दिए । यो विधेयकलाई राष्ट्रियसभाबाट पनि यथाशीघ्र पारित गर्नुपर्ने त्रिपाठीले बताए ।

प्रतिक्रिया दिनुहोस्