Logo
Logo

एक वर्षमा २ खर्ब बढीको वस्तु निर्यात


504
Shares

काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले विभिन्न देशमा २ खर्ब ३ करोड ९ लाख ६२ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष नेपालको निर्यात व्यापार ४१.७४ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख ८० हजार रुपैयाँको वस्तु निर्यात गरेको विभागले जनाएको छ ।

कोरोना महामारी नियन्त्रण गर्न विभिन्न देशले गरेको लकडाउन खुकुलो भएसँगै नेपालको निर्यात व्यापार वृद्धि भएको हो ।

प्रतिक्रिया दिनुहोस्