Logo
Logo

बुटवलपछि काठमाडौंको कल सेन्टरमा प्रहरी छापा


5.4k
Shares

काठमाडौं । बुटवलपछि काठमाडौंको तिनकुनेस्थित एक कल सेन्टरमा प्रहरीले छापा मारेको छ । सोमबार तिनकुनेस्थित एक कल सेन्टरमा छापा मारेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक भरत बोहराले जानकारी दिए ।

आइतबार मात्रै बुटवलस्थित एक कल सेन्टरमा छापा मारेर १५० भन्दा बढी प्रहरीले नियन्त्रण लिएको थियो । कल सेन्टरबाट अवैध ठगी धन्दा गरेको भन्दै प्रहरीले छापा मारेको हो ।

बुटवलको एउटा कल सेन्टरमा प्रहरीले आइतबार मारेको छापा ।

प्रहरीले तीनकुनेस्थित कल सेन्टरमा छापा मारेपनि कति जना पक्राउ परे भन्ने खुलाइएको छ । अहिले छापा मार्ने काम भइरहेको हुँदा सबै विवरण नआएको प्रहरीले जनाएको छ । कल सेन्टरबाट थुप्रै ल्यापटपहरू बरामद भएको उनले बताए । प्रहरीले छापा मारेको उक्त कल सेन्टर चिनियाँले चलाएको प्रहरीको जनाएको छ ।

उनीहरूले कल सेन्टरको नाममा आपराधिक कृयाकलाप गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली त्यहाँ छापा मारेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्