Logo
Logo

नागरिकता विधेयकमा वामदेव गौतमको समर्थन


1.3k
Shares

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले नागरिकता विधेयकको समर्थन गरेका छन् ।

सोमबार राष्ट्रियसभा बैठकमा प्रतिनिधि सभबाट सन्देशसिहत प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफलमा भाग लिँदै गौतम उक्त विधेयकको पक्षमा उभिएका हुन् ।

उनले नागरिकताको समस्या समाधान गर्न सरकारले विधेयक ल्याएर राम्रो काम गरेको बताए । कही प्रावधानहरु सच्याउनुपर्ने उनको भनाइ थियो । वैवाहिक अंगीकृत नागरिकता लिनुअघि आफ्नो देशको नागरिकता परित्याग गर्नुपर्ने प्रावधान राख्नुपर्ने उनले बताए ।

उनले भने, ‘हाम्रो देशमा वैवाहिक अंगीकृत नागरिकताको सम्बन्धमा अहिले जे व्यवस्था आएको छ, त्यो व्यवस्था थोरै केही कुराहरु सच्याउनुपर्छ । नागरिकता परित्याग गर्नको निम्ति प्रक्रिया सुरु गरेको सम्बन्धित निकायाबाट प्रमाणपत्र लिएर आउनुपर्छ ।’

नगरिकता नेपाली जनताको विशेष आवस्था भएको भन्दै उनले भने, ‘आधाभन्दा धेरै जनसंख्य बसेको तराईको समस्या हो, सरकारले जे व्यवस्था गरको छ, ठिक गरेको छ । यसमा केही केही कुराहरु सच्याउनुपर्ने विषय छ । त्यो सच्याउने काम गरोस् ।’

प्रतिक्रिया दिनुहोस्