काठमाडौं । नेपाल प्ररहीले कल सेन्टरमा धमाधम छापा मार्न थालेको । आइतबार रुपन्देहीमा छापा मारेको प्रहरीले सोमबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा छापा मारिरहेको छ ।
आइतबार प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ जानकीनगरको ब्लु स्काइ विजनेश सोलुसन प्रालि नामक कल सेन्टर छापा मारि २ सय ४० जना कर्मचारी पक्राउ गरको थियो । पक्राउ परेकामध्ये नौ जना बाहेक अन्यलाई छाडिएको छ ।
चिनियाँ र भारतीय नागरिकको लगानीमा सञ्चालित उक्त कल सेन्टरबाट २ सय ४० थान मोबाइल, सयौं थान कम्प्युटरलगायत विभिन्न साम्रगी प्रहरीले बरामद गरको छ । तीन वटा फ्लायटमा सञ्चालित उक्त कल सेन्टरको कोठाहरूलाई सिल गरेर प्रहरीले अनुसन्धन गरिरहेको छ ।
सोमबार (आज) प्रहरीले काठमाडौंको तीनकुने र गैह्रीगाउँका तीन कल सेन्टरमा छापा मारेको छ । काठमाडौं प्रहरी परिसर, नगर प्रहरी र प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उक्त कल सेन्टहरुबाट २० भन्दा बढीलाई नियन्त्रणमा लिएको छ । साथै प्रहरीले कागजात पनि नियन्त्रणमा लिएको छ ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईका अनुसार फोन कल, ह्वाट्स एपलगायतका विभिन्न सामाजिक सञ्जालबाट चिठ्ठा पर्यो भन्दै सर्वसाधारणहरूलाई ठगी गरको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो ।
उनका अनुसार अहिले प्रहरीले काठमाडौं उपत्यका विभिन्न ठाउँमा छापा मारिरहेको छ । दृष्टिसँग कुरा गर्दै उनले भने, ‘हामी एक्सनमा छौँ । हिजो रुपन्देहीमा छापा मारेको थियौँ । आज काठमाडौंमा चालिरहेको छ । अहिले काठमडौंका विभिन्न ठाउँमा छापा मार्ने काम भइरहेको छ । हाम्रो जनशक्तिले भ्यासम्म छापा मारिरहेको छौँ ।’
अनलाइनमार्फत नेपालमा मात्रै नभइ विदेशमा पनि उक्त गिरोहले गठी गरिरहेको डीआईजी राई बताउँछन् । नेपालमै बसेर प्रविधिको प्रयोग गरी अनाधिकृत रूपमा व्यक्तिगत विवरणमा पहुँच पुर्याएर विदेशी नागरिकलाई समेत गठी गर्ने गरको उनको भनाइ छ । उनी भन्छन्- ‘नेपालमा मात्रै नभइ विदेशमा समेत गठी गरेको पाइएको छ ।’
अहिले छापा मार्ने काम भइरहेको हुँदा सबै विवरण नआएको प्रवक्त डीआईजी राईले बताए । उनका अनुसार कल सेन्टरबाट थुप्रै ल्यापटप, मोबाइल लगायतका सामग्री बरामद गरिएको छ ।
कल सेन्टरबाट सर्वसाधारणलाई थोरै रकमको कर्जा दिने र पछि पीडितको मोबाईल नम्बरमा रहेको कन्ट्याकट नम्बर, फेसबुक, मोबाइलमा भएको तस्बिरहरू ह्याक गरी पीडितका आफन्त, साथीभाई लगायतको मोबाइलमा अश्लील तस्बिर/भिडियो पठाएर ब्ल्याकमेल गर्ने समेत गर्ने गरको प्रहरीको भनाइ छ ।
कल सेन्टरकाे कार्यालयमा विभिन्न डिपार्ट वर्गिकरण गरी कर्मचारीहरू खटाइएका थिए । उक्त डिपार्टका कर्मचारीहरूले समान्य कुराकानीदेखि लिएर ब्ल्याकमेल गरेर ठगी गर्ने गरेको बताइएको छ ।
गत असार तीन गते पनि प्रहरीले काठमाडौंकै धुम्बाराहीस्थित अर्बिट नेक्सस प्रालि कल सेन्टरबाट १३ जना युवालाई पक्राउ गरेको थियो । उनीहरुले विशेषगरी अमेरिकी नागरिकलाई निशाना बनाएर गठी गर्दै आएका थिए ।
०७६ पुसमा गैरकानुनी गतिविधि गरेको आरोपमा १२२ जना चिनियाँ नागरिक पक्राउ परेका थिए । उनीहरू पनि अनधिकृत रूपमा कल सेन्टर सञ्चालन र नेपालमा बसेर चिनियाँ नेटवर्किङ व्यवसाय चलाएको आरोपमा पक्राउ परेका थिए ।