Logo
Logo

प्रचण्डलाई घनश्यामको प्रस्ताव : एमाले पनि अटाउने मोर्चा बनाउनुस्


16.6k
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता घनश्याम भुसालबीच भेटवार्ता भएको छ ।

प्रचण्ड र भुसालबीच माओवादी संसदीय दलको कार्यालय, सिंहदरबारमा भेटवार्ता भएको हो । उक्त भेटमा प्रचण्डले आफूहरु नेकपा समाजवादी केन्द्र बनाउने प्रयासमा रहेको बताएका थिए । भुसालले भने, ‘एमाले बाहेकको मोर्चाले के गर्छ र ? एमाले समेत अटाउने मोर्चा बनाउनुस् ।’

नेता भुसाल कम्युनिस्ट दलहरुमा आवद्ध दोस्रो तहका नेताहरुको सम्वाद गर्ने मञ्च बनाउनेबारे माओवादी नेता शक्ति बस्नेतसँग छलफल गर्न माओवादी संसदीय दलको कार्यालय, सिंहदरबारमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्