Logo
Logo

टर्कीले अबैध अफगान आप्रवासीहरूलाई काबुल फर्काउँदै


1k
Shares

एजेन्सी । टर्कीले जबरजस्ती देश निकाला गरेपछि २१५ कागजातविहीन अबैध अफगान आप्रवासीहरूलाई आज इस्तानबुलबाट काबुल पठाइदैछ ।


अवैध आप्रवासीहरूलाई भरखरै उत्तरपश्चिम टर्कीको इडिर्नबाट इस्तानबुलमा सारिएको थियो । खामा प्रेसले टर्कीको राज्य-संचालित एनाटोलियन एजेन्सीलाई उद्धृत गर्दै सो बारे जानकारी दिएको छ ।

टर्की माइग्रेसन म्यानेजमेन्ट डाइरेक्टरेटको प्रतिवेदन अनुसार सन् २०२२ को शुरुदेखि टर्कीका अधिकारीहरूले लगभग २८,००० कागजातविहीन आप्रवासीहरूलाई टर्कीबाट निर्वासित गरेका छन् । यो आँकडामा यस्ता घटना सन् २०२१ देखि ७० प्रतिशतले वृद्धि भएको देखाउँछ ।

टर्की गृह मन्त्रालयका अनुसार जनवरी २७ बाट अफगानिस्तानका लागि उडान शुरु भएदेखि टर्कीले १८,२५६ भन्दा बढी अफगान नागरिकलाई अफगानिस्तान पठाएको छ ।

अनियमित आप्रवासीहरूले गैरकानूनी रूपमा देशमा प्रवेश गरेको, भिसा र रेसिडेन्सी कानून तोडेको, अनुमति बिना काम गरेको, विभिन्न किसिमका ठगीका घटनामा संलग्न रहेको र सार्वजनिक सुरक्षालाई खतरामा पारेको आप्रवासन व्यवस्थापन निर्देशनालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्