Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

समाजवादी केन्द्र बनाउने छलफलदेखि साफमा नेपालको शानदार सुरुवातसम्म


1k
Shares

१. प्रहरीले संसदीय विषेश छानबिन समितिलाई बुझायो सीसीटीभीको ‘फरेन्सिक रिपोर्ट’, सिलबन्द रहेको रिपोर्ट मंगलबार बिहान समितिको बैठकमा खोलिने, छानबिनलाई अगाडि बढाउने कि प्रतिवेदनलाई अन्तिम रूप दिने भन्ने विषयमा छलफल ।


२. नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम र नेकपा एमाले नता घनश्यामबीच छुट्टा छुट्टै भेटवार्ता, समाजवादी केन्द्र बनाउनेबारे छलफल, एमाले समेत अटाउने मोर्चा बनाउन घनश्यामको आग्रह ।


३. गठबन्धन आगामी निर्वाचनसम्मै रहेने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइ, विगतका कुरालाई सुधार गर्ने, उब्रेको सिट मात्रै दिउँला भनेर कुनै पार्टीले सोचे टुलुटुलु हेरेर नबस्ने चेतावनी, आफ्नो शक्तिमा अडिएर अगाडी बढ्ने अभिव्यक्ति, कम्युनिस्ट पार्टी ओलीले बिगारेको आरोप, संविधान जोगाउन, प्रतिगमन रोक्न र संघीयता बचाउन एमालेबाट विद्रोह गरेको धारण ।


४. नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मतिले स्वीकृत, वामदेव गौतमद्वारा समर्थन, नागरिकताको समस्या समाधान गर्र्ने विश्वास, विपक्षी दलका सांसदद्वारा विधेयकमाथि आलोचनात्मक टिप्पणी, गठबन्धनका नेताहरुले बलमिच्याँई गरेको एमाले सांसद डा. विमला पौडेलको आरोप ।


५. मन्त्रिपरिषद्द्वारा बेलायतमा नर्स पठाउने गरी श्रम समझदारी गर्न स्वीकृत, मासिक ४ लाख रुपैयाँसम्म तलब प्राप्त हुने गरी नेपाली पठाउने प्रक्रियाबारे बेलायतसँग समझदारी हुने, पहिलो चरणमा २–३ सय नर्सलाई पाठाइने, वैदेशिक रोजगार विभागको क्षमता अभिवृद्धि, छात्रवृत्तिको अवसरका साथै नर्सिङ कलेजहरुको क्षमता अभिवृद्धिमा बेलायत सरकारबाट सहयोगको अपेक्षा ।


६. सार्वजनिक कार्यक्रमस्थलमै प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी, नागरिकता विधेयक र एमसीसी खारेजको माग, नागरिकता विधेयक खारेज गर, एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद, राष्ट्रियताको रक्षा गरौं, स्वाधीनताको रक्षा गरौं प्लेकार्डसहित प्रर्दशन, तीनजना पक्राउ ।


७. कल सेन्टरविरुद्ध एक्सनमा प्रहरी, एकैदिन काठमाडौं उपत्यकाका तीन ठाउँमा छापा, एक जना चिनियाँ नागरिकसहित ४१ जना पक्राउ, ल्यापटप, मोबाइल लगायतका सामग्री बरामद, फोन कल, ह्वाट्स एपलगायतका विभिन्न सामाजिक सञ्जालबाट चिठ्ठा पर्यो भन्दै ठगी, विदेशी नागरिकलाई समेत ठगेको प्रहरीको भनाइ ।


८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा सकारात्मक छलाङ, ५४.४५ अंकले बढेर दुई हजार १३२.९६ मा पुग्यो, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.०५ अंकले उकालो लागेर ४०७.३८ मा कायम, २१४ कम्पनीका ९९ लाख ४४ हजार ४८ कित्ता शेयर चार अर्ब १० करोड ६८ लाख १८ हजार ९४१ रुपैयाँमा खरिद बिक्री, १३ उपसमूहकै शेयर मूल्य बढ्यो ।


९.मानवताविरुद्ध अपराध गरेको आरोपमा श्रीलङ्काका पूर्व राष्ट्रपति गोटाबाया राजपाक्षविरूद्ध अभियोग लगाउन सिंगापुरसँग आग्रह, कुवेतमा नयाँ प्रधानमन्त्री नियुक्त, भारतको १५औँ राष्ट्रपति द्रौपदी मुर्मुद्वारा सपथ ग्रहण, ९२ युक्रेनीमाथि मानवताविरुद्ध अपराध गरेको रुसको अभियोग, पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बल र आतंककारीहरूबीच भएको भिडन्तमा एक सैनिकको मृत्यु ।


१०. यु– २० साफ च्याम्पियनसिप प्रतियोगितामा नेपालले शानदार शुरुवात, माल्दिभ्स ४–० ले पराजित, नेपालले खातामा तीन अंक, गोल्स फुटबल एकेडेमीका १० जुनियर खेलाडी प्रशिक्षणका लागि डेनमार्क प्रस्थान, बाना पुरुष भलिबल प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई, महिला भलिबलको उपाधि आयोजक बानालाई ।

प्रतिक्रिया दिनुहोस्