Logo
Logo

एसपी सरुवा विवादमा, डोटी जान मानेनन् घिमिरे


765.6k
Shares


काठमाडौं । नेपाल प्रहरीको एसपी सरुवा विवादमा परेको छ । एसपी दिलिप घिमिरेलाई पेलेर डोटी पठाइएपछि उनले त्यहाँ जान अस्वीकार गरेका छन् ।


उनले सरुवामा असन्तुष्टि जनाएपछि डोटीमा राजेन्द्र धमलालाई पठाइएको छ । घिमिरेलाई २ नम्बर गणमा फेरि काज गरिएको छ । पारिवारिक कारण देखाउँदै उनी जान नमानेका हुन् । घिमिरे प्रहरीको कर्मचारी प्रशासन शाखामा कार्यरत थिए । सो शाखामा काम गर्ने एसपीहरु रोजेर जिल्ला जाने प्रचलन छ । तर, घिमिरेलाई भने हेपेर डोटी पठाइएको थियो । आइतबार प्रहरी प्रधान कार्यालयले ११ एसपीको काज सरुवा गरी सात जिल्लाको नेतृत्व हेरफेर गरेको थियो ।

सरुवामा अजय केसीलाई कास्की, प्रजित केसीलाई भक्तपुर, प्रेम बस्नेतलाई कपिलवस्त, वीर बहादुर बुढालाई रौतहट, वामदेव गौतमलाई मकवानपुर, होबिन्द्र बोगटीलाई बारा पठाइएको छ ।

तिव्र चलखेलका कारण एसपीको नियमित सरुवा हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्