Logo
Logo

म्यानमारमा पूर्वसांसदसहित ४ जनालाई मृत्युदण्ड


1.3k
Shares

काठमाडौं । आतंककारी गतिविधि गरेको आरोपमा म्यानमारको सेनाले ४ जनालाई मृत्युदण्ड दिएको छ ।

पूर्वसांसद फ्यो जेया थअ, को जिम्मी नामले चिनिने क्यो मिन यु, ह्ला म्यो आङ र आङ थुरा जअलाई मृत्युदण्ड दिइएको हो ।
को जिम्मी नामले चिनिने क्यो मिन यु लेखक हुन् ।

५३ वर्षीय जिम्मी सन् १९८८ मा सैन्य शासनको विरोध गर्ने विद्यार्थी समूहका सदस्य थिए । उनी प्रजातान्त्रिक आन्दोलनको क्रममा पटक–पटक जेल परेका थिए ।

उनलाई छाया सरकारको सल्लाहकार भएको आरोपमा पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्