Logo
Logo

बजेटमा चलखेल प्रकरण : छनबिन समितिले सीसीटीभी फुटेज हेर्दै


1.6k
Shares

काठमाडौं । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको संलग्न भएको भन्ने विषयमा छानबिन गर्दै आएको संसदीय विशेष समितिले सीसीटीभी फुटेज हर्न थालेको छ ।

प्रहरीले दिएको फरेन्सिक रिपोर्टमा अर्थमन्त्रालयको सीसीटीभी फुटेज छ । सो भिडियो अहिले समितिका सदस्यले हेरिरहेका छन् । तर, कहिलेदेखि कहिलेसम्मको, कति भिडियो छ भन्ने प्रष्ट भइसकेको छैन ।

नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभर सम्बन्धी रिपोर्ट समितिलाई बुझाएको थियो ।

आर्थिक वर्ष २०७९/८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको आरोप तत्कालीन मन्त्री जनार्दन शर्मामाथि लागेको छ ।

यो आरोपबारे छानबिन गर्न सभामुख अग्नि सापकोटाले गत असार २२ गते ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरेका थिए । सोही दिन अर्थमन्त्री पदबाट शर्माले राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्