Logo
Logo

कपिलवस्तु, सुस्ता र सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु


756
Shares

काठमाडौं । कपिलवस्तुको वाणगंगा नगरपालिका–३ सिउटीमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएको छन् ।

दुर्घटनामा मोटरसाइकल चालक स्थानिय २० वर्षिय आभाष परियार र पछाडी सवार २२ वर्षिय विष्णु परियार घाईते भएका थिए । विष्णुको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका चालक आवाशको लुम्बिनी एडभान्स सिटी अस्पतालमा उपचार भैरहेको छ ।

त्यस्तै, सर्लाहीको बलरा नगरपालिका–७ डुमरियामा दुईवटा भारतीय नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते अवस्थामा भारत घर भएका अन्दाजी ३५ बर्षीय शंकर पासवान र २७ बर्षीय रोशन पासवान भेटिएका थिए । दुवै घाइतेलाई उपचारको लागी प्रादेशिक अस्पताल मलंगवा ल्याइएकोमा उपचारकै क्रममा शंकरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, नवलपरासीको (पश्चिम) सुस्ता गाँउपालिका–२ सतपत्तीमा आज बिहान मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सरावल गाँउपालिका–१ सालबासका ५३ वर्षीय ओमनाथ फौहदार रहेका छन् । उनको चौपत्ता स्थित शहिद स्मृती सामुदायीक अस्पताल उपचारको क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्