Logo
Logo

बोर्ड बैठक बस्दै, एसईई नतिजा आजै सार्वजनिक हुने सम्भावना


63
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दै छ । दिउँँसो ३ बजे बैठक बस्ने बैठकमा एसईई नतिजाबारे छलफल हुने बोर्डका एक अधिकारीले जानकारी दिए ।

प्राविधिक रूपमा केही त्रुटि नभए नतिजा आजै सार्वजनिक गर्ने तयारी रहेको उनले बताए । स्थानीय चुनावका कारण १० दिन काम रोकिएकाले नतिजामा ढिलाइ भएको बोर्डले जनाएको छ ।

वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको परीक्षामा ४ लाख ९५ हजार विद्यार्थी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्