Logo
Logo

हजको पैसामा सहसचिव र उपसचिव मोज


125.8k
Shares

काठमाडौं । देश श्रीलंकाको बाटोमा जान लागेको भन्दै सबैले चिन्ता व्यक्त गरिरहेका छन्, तर सिंहदरबारका कर्मचारीलाई त्यसको कत्ति पनि चिन्ता छैन । सरकारले अत्यावश्यक बाहेकको बैदेशिक भ्रमणमा रोक लगाउने निर्णय गरेको बेला कुनै काम नै नभएको अवस्थामा समेत कर्मचारीहरू बैदेशिक भ्रमणमा छन् ।

हालै गृह मन्त्रालयमा त्यस्तै अवस्था छ । हज तिर्थयात्रीको पैसामा हालै मन्त्रालयका केही कर्मचारी साउदी अरबको मक्कामदिना घुमेर फर्किएका छन् । सहसचिव फणिन्द्रमणी पोखरेल, उपसचिव शोभाकर रेग्मीलगायत कर्मचारी त्यसरी हज यात्राको बजेटमा साउदी घुमेर आएका छन् ।

हज यात्राको क्रममा मन्त्रालयबाट एक जना सम्पर्क अधिकृतका रुपमा विगतमा पनि कर्मचारी खटिने भए पनि यसरी सहसचिवलगायत घुम्न गएको पहिलोपटक भएको मन्त्रालयका एक कर्मचारी बताउँछन् । जबकी, सहसचिव पाखेरेल गत महिना मात्र भारतको औपचारिक भ्रमणमा गएका थिए ।

उनी बिनाकुनै प्रयोजन यसरी सरकारी खर्चमा साउदी घुम्न गएका हुन् । हज यात्राको टिकट खरिददेखि भ्रमणमा ठूलो अनियमितता हुँदै आएको छ । यसपटक पनि चर्काे टिकट काटिएको भन्दै विभिन्न निकायमा उजुरी परेको थियो । त्यस्तै, सहसचिव कोमलबहादुर खत्रीसमेत हाल फिलिपिन्स भ्रमणमा छन् ।

प्रतिक्रिया दिनुहोस्