Logo
Logo

सशस्त्रको गणमा एसपी नै गेटपाले बनेपछि..


1042.8k
Shares


सिरहा । फौजी ब्यारेकमा चारैतिर हतियार सहितको ड्युटी हुन्छ, अझ मुख्यगेटमा त २४ घन्टा कडा पहरा दिइन्छ । तर, सिरहा जिल्ला स्थित सशस्त्र प्रहरीको गणमा भने एसपीले आफ्नै कर्मचारीको विश्वास गर्दैनन् । गणपति एसपी रमेश कुमार थापाले हरेक दिन राती १० बजेपछि मेनगेटमा भित्र बाट ताला लगाउने गर्दछन् । सशस्त्रको गणमा यस्तो गतिविधि देखेर कर्मचारी नै अचम्मित छन् ।


‘राती १० बजे ताला लगाउन एसपी साब आफै आउनु हुन्छ र बिहान ५ बजे ताला खुल्छ,’ ती कर्मचारिले भने । ताला लगाए पछि सांचो चाहिँ जुनियर अधिकृत रहने ड्युटी अफिसले राख्ने गर्छन् ।


कमान्ड क्षमता कमजोर भएका एसपी थापाको यस्ता गैरजिम्मेवार हर्कतले गणका कर्मचारी आजित भएका छ्न् । उनले पटक पटक आइजिपीको आदेश छ भन्दै अशोभनीय ढंगले फौजी कार्य भन्दा फरक खालका हर्कत गरेर आइजिपिको नै बदनाम गराउन खोजेको गणका एक कर्मचारीले बताए । यसका साथै जिल्ला स्तरिय मिटिङमा पनि उनको उपस्थितिनै नहुने श्रोत बताउंछ । तस्करीको लाइन खुलाउने र त्यसमा असहयोग गर्नेलाई उनले दुःख दिने गरेको उजुरी माथिल्लो निकायमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्