Logo
Logo

पूर्वराष्ट्रपति राजापाक्ष स्वदेश फर्कने अपेक्षा


2.6k
Shares

एजेन्सी । श्रीलङ्काका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्ष सिङ्गापुरबाट स्वदेश फर्कने अपेक्षा गरिएको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्र्धनाले बताएका छन् ।

आज यहाँ पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता गुणवर्र्धनाले भूतपूर्व राष्ट्रपति राजापाक्ष औपचारिक माध्यमबाट सिङ्गापुर गएकाले उनी लुकेर त्यहाँ बसेको भन्नु मनासिब नभएको बताए । गत असार २९ गते यहाँबाट उनी माल्दिभ्स हुँदै असार ३० गते सिङ्गापुर पुगेका थिए ।

सिङ्गापुर पुगेको भोलिपल्ट उनले पदबाट राजीनामा गरेका थिए । सोही दिन सभामुख महिन्दा यापा अबेवर्देनाले उनको आधिकारिक राजीनामाको घोषणा गरेका थिए । चरम आर्थिक सङ्कटले पिरोलिएका श्रीलङ्काका जनता औषधि, इन्धन र खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरूको अभावमा सङ्घर्ष गरिरहेको छन् ।

राजापाक्षको कुशासनका कारण आफूहरूले अकल्पनीय अभावको सामना गर्नुपरेको भन्दै हज्जारौँ सर्वसाधारण विरोध प्रदर्शनमा उत्रेका थिएभने केहीले राष्ट्रपति निवासमा प्रवेश गरेर उनलाई देश छाड्न बाध्य पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्