काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ८ करोड मतपत्र छाप्नुपर्ने निर्वाचन आयोगले बताएको छ ।
आयोगले मंगलबार गरेको पत्रकार सम्मेलनमा सो परिणामको मतपत्र छाप्नुपर्ने भएकोले खर्चको सीमा बढ्ने आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बताए ।
निर्वाचन आयोगका अनुसार गत स्थानीय तहको निर्वाचनमा एउटा मतदान केन्द्रमा एउटा मतपेटिका भएपनि आगामी निर्वाचनका लागि भने एउटा केन्द्रमा ४ वटा मतपेटिका चाहिने भएको छ ।