Logo
Logo

सीसीटीभी फुटेज तीन महिनासम्म सुरक्षित राख्न गृहको निर्देशन


2.1k
Shares

काठमाडौं । गृह मन्त्रालयले आफ्नो कार्यालयमा भएको सीसीटीभी फुटेज तीन महिनासम्म सुरक्षित राख्न निर्देशन दिएको छ । अर्थ मन्त्रालयमा रहेको सीसीटीभी फुटेज १३ दिनमै मेटिएको भनिएपछि गृहमन्त्रालयले कार्यविधिअनुसार ३ महिनासम्म सुरक्षित राख्न निर्देशन दिएको हो ।

गृहले मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई उक्त निर्देशन दिएको हो । गृहसचिवस्तरको निर्णय गरी सबै कार्यालयलाई मंगलबार तीन महिनासम्म अनिवार्य सीसीटीभी फुटेज सुरक्षित राख्न निर्देशन भएको हो । मन्त्रालयले तीन महिनासम्म गृहको सीसीटीभी फुटेज सीसीटिभी फुटेज सुरक्षित रहने पनि स्पष्ट पारेको छ ।

मन्त्रालयले सिंहदरबार क्षेत्रको सीसीटीभी व्यवस्थापन सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय सचिवालयले व्यवस्थापन गर्ने जनाएको छ । सिंहदरबारभित्रको सीसीटीभीको निरीक्षणरअनुगमन नेपाल प्रहरीको सिंहदरबारभित्र रहेको ‘सिंहदरबार सुरक्षा गण’ले गर्ने पनि मन्त्रालयले प्रस्ट पारेको छ ।

सीसीटीभी जडान तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७२ अनुसार ‘सीसीटीभीबाट खिचेका दृश्यहरू कम्तीमा ३ महिनासम्म सुरक्षित रहने गरी राख्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्