Logo
Logo

साफ यु २० : नेपालले आज श्रीलङ्कासँग खेल्दै


567
Shares

काठमाडौं । साफ २० वर्षमुनिको पुरुष च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ ।

खेल भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदानमा बेलुका सवा ७ बजे सुरु हुनेछ । सोमवार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोलले हराएको थियो ।

पहिलो खेलमा श्रीलङ्का बङ्गलादेशसँग १-० गोलले पराजित भएको थियो । च्याम्पियनसिपमा आयोजक भारतसहित नेपाल, मालदिभ्स, श्रीलङ्का र बङ्गलादेश सहभागी छन् । नेपालले तेस्रो खेल भारतसँग आउँदो आइतबार र अन्तिम खेल बङ्गलादेशसँग मङ्गलवार खेल्नेछ ।

शीर्ष दुई टोलीले उपाधिका लागि अर्को शुक्रवार खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्