Logo
Logo

फिलिपिन्समा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प


756
Shares

काठमाडौं । बुधबार फिलिपिन्सको डोलोरेस नजिक ७.१ म्याग्निच्युडको भूकम्प गएको छ ।

स्थानीय समयअनुसार बिहान ८ बजेर ४३ मिनेट जाँदा आब्राको हिमाली क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको यूएस जियोलजिकल सर्भेले जनाएको छ ।

फिल्पिन्सको राजधानी मनिलामा समेत भूकम्पको कडा धक्का महसुस गरिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

अमेरिकी भौगर्भिक सर्वेले ७.१ म्याग्निच्युटको भूकम्प गएको जनाएपछि कतिपयले ७.३ म्याग्निच्युट रहेको उल्लेख गरेका छन् । भूकम्प १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

भूकम्पले भएको क्षतिको विवरण आइसकेको छैन । भूकम्पको ठुलो धक्का महसुस गरे पनि सुनामी आउन सक्ने सम्भावना नरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्